09 Sep, 2022

अनुसन्धान तथा प्रस्ताव लेखन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आयोजना ।

अनुसन्धान तथा प्रस्ताव लेखन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आयोजना ।
२३, २४ भाद्र
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा क्याम्पसमा प्राध्यापनरत प्राध्यापक तथा कार्यरत कर्मचारीहरुलाई अनुसन्धान कार्ययमा आएका नयाँ प्रावधान र अनुसन्धान कार्यमा आवश्यक पर्ने प्रस्तवना लेखन सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको हो । उक्त कार्यक्रममा यस क्याम्पसका विभिन्न संकाय संस्थानमा अध्यापनरत प्राध्यापकहरुलाई अनुसन्धान कार्यमा अझ प्रभावकारी रुपम अग्रसर गराउने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको हो । उक्त कार्यक्रममा विज्ञका रुपमा प्रा.डा दिनबहादुर थाप (अनुसन्धान समितिका अध्यक्ष), सह प्रा डा. सुदर्शन सिलवाल (अनुसन्धान समितिका सदस्य), उप प्रा. डा. डिल्लीराज गौतम (अनुसन्धान समितिका सदस्य) र शिक्षण सहायक डा. प्रकाशप्रसाद सापकोटा (अनुसन्धान समितिका सदस्य) द्वारा अनुसन्धान तथा प्रस्ताव लेखन सम्बन्धी कार्यपत्रहरु प्रस्तुत गरी सहभागीहरुलाई अन्तक्रियात्मक रुपमा अभ्यास समेत गराइएको थियो । उक्त कार्यक्रममा शुभकामना दिनेहरुमा स्ववियुका सदस्य मनोज सापकोटा, कर्मचारी संघका सभापति शिवप्रसाद पाध्या र प्राध्यापक संघका सभापति भक्तिराम न्यौपानेले लक्षित वर्गले कार्यक्रमलाई अवसरका रुपमा लिएर सदुपयोग गर्न अनुरोध गर्नु भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्ययले शैक्षिक क्षेत्रमा लाग्ने सबैले सदैव अनुसन्धान गरिरहन पर्ने भएकाले यस क्षेत्रमा प्रतिपादन गरिएका नयाँ मान्यताहरुलाई स्वीकार गरेर अनुसन्धानलाई मानक बनाउन सहयोग होस भन्ने अभिलाशाले यो कार्यक्रम आयोजना गरिएको व्यहोरा जानकारी गारउनु भएको थियो । क्याम्पसमा गरिने र गराइने अनुसन्धानमा एकरुपता कायम गर्न पनि यो कार्यक्रमा सफल होस् भन्ने आशा व्यक्त गर्नु भएको थियो । संस्थालाई गुणस्तर बनाउन संस्थासंग सम्बद्ध सबैका कर्ममा गुणस्तररियता कायम गर्नु पर्ने भएकाले यसलाई सबल बनुउने प्रमुख आधार नै अनुसन्धान भएकाले यसमा लाग्न सबैलाई आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रम २३ गते प्राध्यापक र कर्मचारीका लागि आयोजना गरिएको थियो भने २४ गते स्नातकोत्तर तहमा अध्ययन तथा अनुसन्धान गरि रहेका विद्यार्थीहरुलाई अध्ययन अनुसान्धमा एकारुपता कायम गर्न तथा अनुसन्धान कार्यमा सहज होस भन्ने अभिलाशाले उक्त कार्यक्रम आयोजना गरिएको थियो । यस दुई दिने कार्यशाला गोष्ठीमा क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।
प्रा.डा. थापाले अनुसन्धान र समस्या, उद्देश्य र औचित्यका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । वहाँले सहभागीहरुलाई अन्तक्रियात्मक रुपमा कार्यपत्रमा प्रस्तुत गर्दै सहजीकरण गर्नु भएको थियो । डा. सिलवालले पूर्वकार्यको आवश्यकता र शोधमा यसको अनिवार्यतालाई प्रस्तुत गर्नु भएको थियो । यसमा विभिन्न विषयसंग सम्बद्ध शीर्षकहरुका आधारमा पूर्वकार्यको समीक्षालाई अभ्यास गराउनु भएको थियो । डा. सापकोटाले प्राक्कल्पना र यसको परीक्षण र विश्वसनीयता बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस्तै गरी डा गौतमले अनुसन्धानमा प्रयोग गरिने गर्भे नोट, पादटिप्पणी र सन्दर्भ ग्रन्थको व्यवस्थापन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस कार्यक्रममा क्याम्पसमा प्रध्यापनरत प्राध्यापकहरुलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको विद्युतीय पुस्तक वा अनुसन्धान ग्रन्थ अध्ययन अनुसन्धानका लागि प्रयोग गर्ने सम्बन्धमा क्याम्पसका प्राविधिक कर्मचारी आनन्द पाठक र सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले अभिमुख गुर्न भएको थियो ।
उक्त कार्यक्रम अनुसन्धान समितिका अध्यक्ष थापाको अध्यक्षता, इतिहास विभागका अध्यक्ष सह प्रा. गोविन्दप्रसाद शर्मा कंडेलको स्वागत मन्तव्य, सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीको सञ्चालनमा सम्पन्न गरिएको थियो ।
दुई दिनसम्म सञ्चालित यस कार्यक्रको समापन कार्यक्रम २४ गते साझ प्राज्ञ प्रेम छोटाको विशेष उपस्थितिमा सञ्चालन गरिकएको थियो । उक्त कार्यक्रममा बोल्दै प्राज्ञ छोटाले प्रज्ञिक क्षेत्रमा वौद्धिक अनुसन्धान निरन्तर हुदै जानु पर्छ भन्दै यस क्षेत्रका साहित्यिक तथा सास्कृतिक धरोहरहरुको अध्ययन अनुसन्धान गरी राष्ट्रमा चिनाउनु पर्ने विचार राख्नु भएको थियो । यस कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफूले प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न आउने व्यवधानहरुलाई यस कार्यक्रमले सहज बनाउने विचार राखेका थिए । उक्त कार्यक्रम अनुसन्धान एकाइका अध्यक्ष प्रा.डा. थापको अध्यक्षता र शिक्षाशास्त्र संकायका प्रमुख उप प्रा. कुलप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कथा संग्रह लोकार्पण
२४ भाद्र
धवलालिरि बहुमुखी क्याम्पस, बागलुङमा डा. प्रकाशप्रसाद सापकोटाको कथा संग्रह थुन्से लाकार्पण गरिएको छ । यस क्याम्पसका विज्ञान कार्यक्रम संयोजक डा सापकाटाको उक्त कथा संग्रह कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. डा.रामप्रसाद उपाध्याय र विशिष्ट अतिथि प्राज्ञ प्रेम छोटाले संयुक्त रुपम विमोचन गर्नु भएको हो । उक्त कार्यक्रमा बोल्दै प्रमुख अतिथि उपाध्ययले सापकोटाको सृजनात्मक अभियान अझ सशक्त बन्दै जाओस् भन्दै क्याम्पसमा अध्यापक संगै सृजनामा लाग्नु भएकोमा सापकोटालाई बधाई ज्ञापन गर्नु भएको थियो । प्राज्ञ प्रेम छोटाले स्रष्टाको सृजनामा समाज अभिव्यक्त भएको हुन्छ भन्दै थुन्से शीर्षकले नै हाम्रो ग्रामीण समाजलाई प्रतिनिधित्व गरेको विचार व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमा पुस्तकको समीक्षा सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले समीक्षा गर्दै विज्ञान र समाजशास्त्र तथा मावनशास्त्रका शिक्षक सापकोटाले हाम्रो समाजलाई सुन्दर रुपमा प्रस्तुत गर्नु भएकाले यो कृति पठनीय भएको विचार व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम अनुसन्धान समतिद्वारा आयोजित कार्यशाला गोष्ठीको समापन कार्यक्रमसंगै सञ्चालन गरिएको थियो ।