04 Oct, 2021

क्याम्पस सञ्चालक समिति घोषणा

क्याम्पस सञ्चालक समिति घोषणा
१७, आश्विन
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको सञ्चालक समितिको अध्यक्षमा प्रा. डा. दिनबहादुर थापा मनोनित भएका छन् । थापाको मनोनयन त्रिभुवन विश्वविद्यालय स्वयत्ततासम्बन्धी नियम २०६२ को परिच्छेद २ को नियम ३ मा व्यवस्था भए बमोजिम भएको हो । समिति २१ सदस्यीय रहेको छ ।
उक्त सञ्चालक समितिको आज एक कार्यक्रमका बीच घोषणा गरिएको हो । त्रि.वि.द्वारा गठित कार्यकारी समितिलाई प्रदान गरिएको अधिकार प्रयोग गरी उक्त कार्यकारी समितिद्वारा सञ्चालक समिति गठनका लागि क्याम्पस प्रमुखको संयोजकत्वमा सहायक क्याम्पस प्रमुखद्वय तिलकप्रसाद कंडेल र हरिप्रसाद पाण्डेय रहेको सर्च कमिटि गठन गरी उक्त कमिटिबाट त्रि.वि. स्वयत्तता सम्बन्धी नियम २०६२ (२०७३।९।२० को संशोधनसहित) मा निर्धारण गरिएको आधारहरुमा रहेर त्रि.वि कार्यकारी परिषदमा क्याम्पस कार्यकारी समितिले पठाएका व्यक्तिहरुलाई क्याम्पस सञ्चालक समिति गठन गरी मिति २०७८।०५।२३ गतेको च. नं. १८०।०७८।०७९ अनुरुप प्राप्त पत्रका आधारमा धोषणा गरिएको हो ।
उक्त सञ्चालक समितिमा विभागीय प्रमुखहरु मध्येबाट सह प्राध्यापक गोविन्दप्रसाद शर्मा कँडेल, सहप्राध्यापक डा. सुर्दशन सिलवाल, उपप्राध्यापक विप्लव शर्मा, बुद्धिजीविबाट टिकाराम शर्मा, जगन्नाथ आचार्य, चन्दादाताबाट रमेश राजभण्डारी र सहदेव राजभण्डारी, अभिभावकहरुबाट जयराम भारी, विष्णुप्रसाद भुसाल, बा. न. पा. २ का वडा अध्यक्ष जीवन आचार्य, शिक्षा विकास समन्वय एकाइ बागलुुङका इकाइ प्रमुख कुश्मराज उपाध्याय, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि, शिक्षकहरुबाट भक्तिराम न्यौपाने, विद्यार्थीबाट स्ववियु सभापति, त्रिवि प्राध्यापक संघ सभापति, त्रिवि कर्मचारी संघ सभापति, प्रशासन प्रमुख, लेखा प्रमुख रहेको समितिमा क्याम्पस प्रमुख सदस्य सचिव रहेका छन् । ३५ सदस्यीय समितिमा हाल २० जनाको मनोनयन भएको छ ।
वि.सं. २०१९ साल भाद्र २ गते तत्कालीन प्रशासक, शिक्षापे्रमी, उद्योगी तथा समाजसेवीहरुको पहलमा स्थापना भएको यस धवलागिरि बहुमुखी क्याम्पस (धवलागिरि मेहेन्द्र इटर कलेज स्थपनाकालीन नाम) ले यस गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुको उच्चशिक्षाको भार धान्दै आएको छ । ६ दसकदेखी यस क्षेत्रको प्रज्ञिक संस्थको रुपमा सञ्चालित यस संस्थमा विगतका विभिन्न समयमा कार्यक्रम थपिदै जाँदा जनशक्ति व्यवस्थापन र त्रि.वि.संगै विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त अनुदान र प्राज्ञिक कार्यका लागि अनुसन्धान गर्ने गरी क्याम्पसमा कार्यरत प्राध्यापक तथा कमचारीहरुको पेसागत विकासमा अझ प्रभावकारी बानाउन यस कार्यले सहज हुने भएकाले क्याम्पसलाई स्वायत्ततामा लागि तत् सम्बन्धी कार्य गरिएको हो । क्याम्पसमा सञ्चालिन सबै कार्यक्रमलाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्न यस क्याम्पसम थप नयाँ स्वअधिनमा कार्यक्रम सञ्चाल गर्न पनि यस कार्यले सहज हुने छ ।
घोषणा कार्यक्रम क्याम्पस प्रमुखको अध्यक्षता, सहायक क्याम्पस प्रमुख तिलकप्रसाद कँडेलको स्वागत र सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो । समितिको कार्यकाल चार वर्षको रहेको छ ।