25 Mar, 2021

त्रिभुवन विश्ववद्यालय केन्द्रीय पुस्तकालयका अनलाइन तालिममा अनिवार्य सहभागीताका लागि सूचना ।

मिति ः २०७७।१२।१२
त्रिभुवन विश्ववद्यालय केन्द्रीय पुस्तकालयका अनलाइन तालिममा अनिवार्य सहभागीताका लागि सूचना ।
त्रि.वि. केन्द्रीय पुस्तकालयले खरिद गरेकाे Pro-Quest Database (e-Books, Thesis/Dissertations, International Journals, International Newspapers) का साथै नेशलन डिजिटल लाइब्रेरी अफ इण्डिया (NDLI), एसियन डेभलपमेण्ट बैंक (ADB) लगायतका अन्य Open Access मा उपलब्ध डाटावेसहरू Remote Access मार्फत On-Campus/Off-Campus मा प्रयोग गर्न सकिने गरी व्यवस्था गरिएकाेले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा कर्मचारीहरुलाई प्रयोग गर्न सहजिकरण गर्न तपसिल अनुसार मिति र समयमा संचालन हुने अनलाइन अभिमुखीकरण राखिएकाेले कार्यक्रममा सहभागिताका लागि अनुरोध गरिन्छ ।
तपसिल:
मितिः २०७७।१२।१७ गते मंगलबार
समय: साझँ ६ बजेदेखि
सहभागी समुह: त्रि.वि. लमजुङ क्याम्पस – लमजुङ, गाेरखा क्याम्पस – गाेरखा, धाैलागिरी बहुमुखी क्याम्पस – बागलुङका सम्पूर्ण प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी, कर्मचारीहरूका साथै अन्य इच्छुक प्राध्यापक तथा अनुसन्धानकर्ताहरू पनि सहभागि हुन सक्नु हुनेछ ।
त्रि.वि. अनलाइन पुस्तकालय संचालन तथा तालिम संयाेजन समिति
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय


प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख