16 Feb, 2021

धन्यवााद सहित स्थानीय बिदाको सूचना ।

मितिः २०७७।११।०४
सूचना ।

यस धवलागिरि बहुमुखी क्याम्पसको ५८ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गर्न सक्रिय सहभागी जनाउनुहुने सम्पूर्ण शिक्षापे्रमी, अभिभावक, राजनैतिककर्मी, पत्रकार, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई हार्दिक धन्यवाद दिदैं यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नु भएका त्रि.वि.शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालज्यूप्रति विशेष आभार प्रकट गर्दछु । यस अवसरमा पुरस्कृत हुने प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु । कार्यक्रममा उपस्थित भएर आफ्ना अमूल्य सुझाव दिनुहुने सम्पूर्ण महानुभावप्रति अत्यन्त कृतज्ञ छु । यसै सन्दर्भमा भोलि मिति २०७७।११।०५ गते क्याम्पसमा स्थानीय बिदा राखिएकाले शैक्षिक तथा प्रशासनिक कार्य बन्द रहने व्यहोरा सबैमा जानकारी गराइन्छ । पूर्व सूचित परीक्षा यथावत् सञ्चालन हुने व्यहोरा पनि जानकारी गारइन्छ ।

प्रा.डा.रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख