31 Aug, 2022

धवलागिरि बहुमुखी क्याम्पसमा, १५ र्औ राष्ट्रिय पुस्तकालय दिवस सम्पन्न

धवलागिरि बहुमुखी क्याम्पसमा, १५ र्औ राष्ट्रिय पुस्तकालय दिवस सम्पन्न ।
१५ भाद्र
धवलागिरि बहुमुखी क्याम्पस, बागलु«ङमा राष्ट्रिय पुस्तकालय दिवसको उपलक्ष्यमा १५ औं राष्ट्रिय पुुस्तकालय दिवस सम्पन्न गरियो । उक्त कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको प्रमुख आतिथ्यता एवम् क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायको विशिष्ट आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकायल जाआँैं भन्ने मूलनारा रहेको सो कार्यक्रमको बारेमा पुस्तकालय शाखाका शाखाप्रमुख कल्पना रेग्मीले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै थापाले पठन संस्कृतिको विकास नै हाम्रो आजको आवश्यकता हो भन्दै सबैले पठन संस्कृतिलाई जीवनको अङ्ग बनाउन आग्रह गर्नु भएको थियो । विशिष्ट अतिथिको आसनबाट क्याम्पस प्रमुख उपाध्यायले क्याम्पसले ग्रहण गर्न लागेको गुणस्तर सुनिश्चिता प्रमाणीकरणका सम्बन्धमा क्याम्पसका सबै अङ्ग प्रभावकारी रुपमा सक्रिय हुन आग्रह गर्नु भएको थियो । शैक्षिक धरोहरको रुपमा रहेको धवलागिरि बहुमुखी क्याम्पसमा रहेको पुस्तकालयलाई अत्यन्तै व्यवस्थित गरी २१ औं शताब्दी अनुरुपको इ– लाइव्रेरी सञ्चालनमा रहेको र सो इ–लाइव्रेरीलाई अझ व्यवस्थित गर्ने तर्फ क्याम्पस प्रशासन अहोरात्र खटिइ कार्यान्वयन गर्न प्रतिवद्ध रहेको क्याम्पस प्रमुख उपाध्यायले बताउनु भयो । उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख तिलकप्रसाद कंडेलले त्तब्ब् सम्बद्धमा प्राप्त भएका सुझावलाई कार्यक्रममा जानकारी गारउँदै पुस्तकालयमा क्याम्पसको समयभन्दा पछि पनि सेवा प्रदान गर्न आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा मन्तव्य राख्दै सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयले शैक्षिक क्षेत्रमा लागेका सबैले आफ्नो जीवनलाई सुन्दर, सफल र सबल बनाउन पठन संस्कृतिलाई जीवनको अङ्ग बनाउनु पर्ने विचार राख्नु भएको थियो । सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले पुस्तकालयको प्रयोग अत्याधिक गर्न सकेमा ज्ञान संसारमा रमण गर्न सकिने विचार व्यक्त गर्नु भएको थियो । प्राध्यापक संघका सभापति भक्तिराम न्यौपानेले समय अनुकूल पुस्तकालायलाई व्यवस्थापन गर्नु पर्ने विचार राख्नु भएको थियो । कर्मचारी संघका सभापति शिवप्रसाद पाध्याले अध्ययनको निरन्तरता नै जीवनको आधार हो भन्ने पौराणिक कथन रहेको विचार राख्नु भएको थियो । विद्यार्थी गुणस्तर समूहका सचिव सुनिल गौतमले क्याम्पसमा सञ्चालित सम्पूर्ण संकाय र संस्थानलाई आवश्यक पर्ने किताबहरु पुस्तकालयमा उपलब्ध गराउन आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा पुस्तकालय परामर्श समितिका संयोजक उप प्रा. ध्रुवराज गौतमको अध्ययक्षता, शाखाका मुख्य कार्यालय सहायक शान्ति रेग्मीको स्वागत र सूर्य प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा क्याम्पसमा कार्यरत कर्मचारी र विद्यार्थीको उपस्थिति रहेको थियो ।
राष्ट्रिय पुस्तकालय दिव ग्रीवाययुद्ध विक्रम शाहले १८६९ साल भाद्र १५ गते तत्कालीन समययमा छरिएर रहेका पुस्तकहरुलाई व्यवस्थित गर्ने अभिप्रायले पुस्तक चिताइ तहबिल अड्डामा लालमोहर लगाई जारी गरेर पुस्तकालय प्रारम्भ भएको अवसरमा २०६५ साल भाद्र १५ गतेबाट राष्ट्रिय पुस्तकालय दिवसलाई देशभार भव्य रुपमा मनाउने परम्परा कायम गरिएकोमा यो कार्यक्रम आयोजना गरिएको हो ।