05 Oct, 2021

ध.ब.क्या.मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

ध.ब.क्या.मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
१९ आश्विन,
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा विजयदशमी, नेपाल संवत्, दीपावली, छठ लगायतका पर्वको पूर्व सन्ध्यामा त्रि.वि. प्राध्यापक संघ धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ, एकाई समितिको आयोजनामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रमा सहभागी सम्पूर्ण प्राध्यापक र कर्मचारीहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्नु भएको थियो । शुभकामना बाढदै सबै क्याम्पस परिवारले क्याम्पसले गुणस्तर सुनिश्चिताता प्रत्यययन (QAA) प्राप्त गर्न सफल बनौ भन्ने भावना व्यक्त गर्दै यसमा सबैले आ आफ्नो क्षेत्रबाट सक्रियतासाथ कार्य गर्नु पर्ने विचार राख्नु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै क्याम्पस प्रमुख प्रा.डा.रामप्रसाद उपाध्ययले क्याम्पसले मूल नाराका रुपमा लिएको “गुणस्तरीय उच्चशिक्षा हाम्रा प्रतिवद्धता” भन्ने विचारलाई आत्मसाथ गरेर सबैले होस्टेमा हैसे गर्दै संस्थाको समुन्नति रमाउन अनुरोध गर्नु भयो । धवलागिरि क्षेत्रको उच्चशिक्षाको केन्द्र बनेको यस संस्थालाई अझ सबल र सक्षम बनाउदै प्रदेश र राष्ट्रकै अग्रडी शैक्षिक संस्थको रुपमा विकास गर्न सफल हौ भन्ने विचार व्यक्त गर्नु भएको थियो ।
उक्त अवसरमा त्रि.वि. सेवा आयोगबाट यस ध.ब.क्याम्पसमा सिफारिस भए आउनु भएका उप प्राध्यापकद्वय सुनिता राउत (समाजशास्त्र ) स्वस्ती शर्मा ( वनस्पतिशास्त्र ) लाई त्रि.वि. प्राध्यापक संघको सदस्यता वितरण गर्दै स्वागत र सम्मान गरिएको छ । उक्त कार्यक्रम त्रि.वि. प्राध्यपक संघका सदस्य दिपकप्रसाद शर्मा कंडेलको स्वगत मन्तव्य, उप सभापति भक्तिराम न्यौपोनको अध्यक्षता र सह सचिव कुलप्रसाद अधिकारीको सञ्चालमा सम्पन्न भएको थियो ।