16 Oct, 2020

शोधलेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

शोधलेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
आश्विन २७ गते यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा सञ्चालित शिक्षाशास्त्र संकाय नेपाली विषय मूल विषय लिइ अध्ययन गरेका वार्षिक प्रणाली अन्तर्गतका बाँकी विद्यार्थीका लागि नेपाली विभागद्वारा अभिमुखीकारण कर्यक्रमको आयोजन गरिएको थियो । स्नातकोत्तर तहमा वार्षिक प्रणाली अन्तर्गत गत वर्ष अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नसकेका शोधलेखन गर्ने विद्यार्थीहरुलाई शोधप्रस्ताव तयार पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । विगतमा स्नातकोत्तर दास्रो वर्षको सैद्धान्तिक कक्षासंगै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिदै आएकोमा यस वर्ष बाँकी रहेका विद्यार्थीहरुका लागि मात्र यो कार्यक्रम आयोजना गरिएको हो । नेपाली विभागका विभागीय प्रमुख प्रा.डा. दिनबहादुर थापाको संयोजना आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले शोध कार्य जीवनमा सदैव रहिरने र गरिरहने कार्य भएकाले यसमा आफूलाई वास्तविक शोधार्थीका रुपमा लगाएर नयाँ विषयमा नयाँ तथ्य बाहिर ल्याउने गरी कार्य गर्न आग्रह गर्नु भएको थियो । क्याम्पसमा अध्यनरत सबै विद्यार्थीहरुले शोधकार्यलाई अझै प्रभावकारी रुपमा लैजानु पर्नेमा वहाँले जोड दिनु भएको थियो । उक्त कार्यक्रमा शोध शीर्षक, यसको छनोट प्रकृया र यसमा हुनु पर्ने गुणको बारेमा सहायक क्यामपस प्रमुख हरिप्रसाद पाण्डेयले कार्यपत्र प्रस्तुत गर्दै क्याम्पसबाट आजसम्म सम्पन्न गरिएका शोध शीर्षकहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । यस कार्यक्रमका संयोजक थापाले शोधप्रस्तव लेखनका समग्र अंगहरुको बरेमा कार्यपत्र प्रस्तुत गर्दै विद्यार्थीहरुलाई अभिमुख गर्नु भएको थियो । उक्त कार्यक्रमा प्रा.डा. थापाले विद्यार्थीहरुले शोध शीर्षक छनोट गर्दा र यसमा अपनाउनु पर्ने समग्र प्रकृयाको बारेमा आफ्ना अवधारण पत्रहरु प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रमम सहभागी विद्यार्थीहरुलाई सोही समयमा आफ्नो रुचिकर विषयमा शोध शीर्षक निर्माण गर्न लगाई अभ्यास समेत गराइएको थियो ।