08 Feb, 2021

५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताको सूचना ।

मितिः–२०७७।१०।२६
सूचना !
धवलागिरि बहुमुखी क्याम्पस बागलुङको ५८औं बार्षिकोत्सवको अवसरमा यस क्याम्पसका विभिन्न तह र संकाय÷संस्थानमा अध्ययनरत् विद्यार्थीहरुको सहभागिता हुने गरी धवलागिरि बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थीको भूमिका शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरिएको हुँदा सम्बन्धित विद्यार्थीका लागि यो सूचना सम्प्रेषण गरिएको छ । निबन्ध प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरुका लागि थप जानकारी निम्न अनुसार रहेका छन् ।
1 तोकिएको शीर्षकमा अंग्रेजी वा नेपाली कुनै एक भाषामा लेख्न सकिने छ ।
2 निबन्ध कम्तीमा ३००० (तीनहजार) र बढीमा ५००० (पाँचहजार) शब्दमा लेखिएको हुनपर्नेछ । 3 प्रतियोगीले नेपालीको लागि Preeti Font र अंग्रेजीको लागि Times New Roman मा २०७७ फागुन १ गते साँझ ५.०० बजे भित्रमा तोकिएको इमेल ठेगाना info@dmc.tu.edu.np मा पठाइसक्नुपर्ने छ ।
4 विद्यार्थीले आफ्नो संकाय÷संस्थान, खण्ड खुल्ने गरी परिचयपत्र, रोल्नं वा परीक्षा क्रमाकं उल्लेख गर्नुपर्नेछ ।
5 निबन्धमा परिचय (Introduction), व्याख्यान (body) र निष्कर्ष (conclusion) सहित उद्देश्य (Objective), विषयबस्तु (Content), शैली (Style) का ढाँचामा लेखिएको हुनुपर्ने छ ।
6 अंग्रेजी र नेपाली दुबै भाषाका एक एक जना प्रथम दुई बिजेतालाई नगद रु. ४०००।– (चारहजार) र उपबिजेता एक एक जना गरी दुई जनालाई नगद रु. २०००।– (दुईहजार) का दरले पुरस्कारको व्यबस्था गरिने छ ।
7 पुरस्कृत विद्यार्थीको नतिजा मिति २०७७ साल फागुन ३ गते बेलुका ५.०० बजेसम्ममा क्याम्पसको अनलाइन सूचना मार्फत सम्प्रेषण गरिने छ । बिजयी विद्यार्थी वार्षिकोत्सव मूल समारोह २०७७ फागुन ४ गते वा त्यसको ३५ दिनभित्रमा आँफै उपस्थित भै क्याम्पस प्रशासनबाट नगद पुरस्कार बुझ्नुपर्नेछ ।

(प्रा.डा. रामप्रसाद उपाध्याय)
क्याम्पस प्रमुख