Event Details

01/09/2018

7:00 am - 6:00 pm

धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा Pre Visit का सुझाव सम्बन्धी छलफल कार्यक्रम सम्पन्न ।

Photosधवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा Pre Visit का सुझाव सम्बन्धी छलफल कार्यक्रम सम्पन्न ।
२५ फाल्गुन
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा गुणस्तर सुनिश्चितता प्रत्यायन त्तब्ब् सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगबाट गठित समकक्षी परीक्षण टोली (PRT) प्रारम्भिक चरणको स्थलगत अवलोक भ्रमण Pre Visit पश्चात प्रदान गरिएका सुझावहरु बरेमा छलफल कार्यक्रम सम्पन्न गरियो । नेपाल सरकारद्वारा लागु गरिएको पछिल्लो शिक्षानीतिका आधारमा उच्चशिक्षा प्रदान गर्ने सम्पूर्ण महाविद्यालयहरु (क्याम्पस) अनिवार्य QAA मा जानु पर्ने कार्ययोजना भएकाले उक्त अवधारण अनुरुप यस धवलागिरि बहुमुखी क्याम्पसलाई QAA मा लैजाने सम्बद्धमा गठिन स्वमूल्याङ्कन समितिद्वारा निर्माण गरी यस क्याम्पसबाट विश्वविद्यालय अनुदान आयोग QAA शाखामा पेस गरिएको प्रतिवेदनका आधारमा प्रिभिजिट टिमका संयोजक प्रा.डा.शिवकुमार राईको संयोजकत्वमा मिति २०७७ माघ २१ गतेदेखि गरिएको स्थलगत अवलोकन पश्चात क्याम्पसलाई गुणस्तर बनाउने र क्याम्पसमा QAA प्रमाण पत्र प्राप्त गर्न गर्नु पर्ने कार्यहरुका बारेमा दिइएका सुझावहरुबारमा क्याम्पसका सम्पूर्ण परिवारको उपस्थितिम छलफल कार्यक्रम आयोजन गरियो । उक्त कार्यक्रममा अध्यक्षको आसनबाट क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले प्रिभिजिट टिमबाट प्रदान गरिएका सुझावहरु प्रस्तुत गर्दै यसमा प्राप्त सुझावहरुलाई क्याम्पस परिवारले पूर्णतः कार्यन्वयन गर्नु पर्ने विचार व्यक्त गर्नु भएका थियो । क्याम्पसलाई अझ सबल र गुणस्तर बनाउन प्राप्त सुझाव संगै क्याम्पस परिवारलाई लागेका विचारसंगै संस्थाको विकासमा लाग्न आग्रह गर्नु भएको थियो । उक्त अवसरमा प्राप्त सुझावहरुको बारेम क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले आ आफ्ना विचार व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा त्रि.वि. सिनेटर तथा ध.ब.क्या.नेपाली विभागका विभागीय प्रमुख प्रा.डा दिनबहादुर थापाले शैक्षिक गुणस्तर निर्धारण सम्बन्धमा तयार पारिएको प्रश्नावलीको बारेमा सम्पूर्ण सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । उक्त सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेय र उप प्रा. हिरालाल रेग्मीको प्राविधिक संयोजन र सहायक क्याम्पस प्रमुख तिलकप्रसाद कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।