ध.ब.क्या पूर्व विद्यार्थी संघको भर्चुअल बैठक सम्पन्न ।

Event Details

01/09/2018

7:00 am - 6:00 pm

campus ground

campus adminstration

ध.ब.क्या पूर्व विद्यार्थी संघको भर्चुअल बैठक सम्पन्न ।

ध.ब.क्या पूर्व विद्यार्थी संघको भर्चुअल बैठक सम्पन्न ।
आज आश्विन ९ गते धवालगिरि बहुमुखी क्याम्पस, बागलुङको पूर्व विद्यार्थी संघ (अलम्नाइ एसोसिएसन) को भर्चुअल बैठक सम्पन्न भएको छ । क्याम्पसमा अध्ययन गरी देश विदेशमा विभिन्न ओहोदा, तह र तप्कामा रहनु भएका विद्यार्थीहरुलाई एकता बद्ध गरी क्याम्पसको समग्र विकासका लागि गठिन उक्त संघको गठन २०७५ सालमा भएको थियो । यस पूर्व विद्यार्थी संघको भर्चुअल बैठकमा विधान निर्माण गरी कार्य अगाडी बढाउने निर्णय भएता पनि विश्व वातावरणमा सृजित असहज अवस्थाका कारण पूर्व निर्धारित कार्य गर्न समस्या भएकाले अव आइन्दा अनलाइनबाट नै बैठक सम्पन्न गरी कार्य अगाडी बढाउने प्रतिवद्धता सहभागीहरुले जनाउनु भएको थियो । यस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले क्याम्पसलाई स्वायत्ततामा लगेर समुदायको साझा सम्पत्तिका रुपमा विकास गरी गुणस्तर सुनिश्चितता प्रत्ययन कार्यक्रम मार्फत मानित विश्वविद्यायका रुपमा अगाडी बढेको यस क्याम्पसलाई पूर्व विद्यार्थीहरुले हर क्षेत्रबाट सहयोग गर्नु पर्ने विचार व्यक्त गर्दै यसकालागि सबैमा अह्वान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै पूर्व विद्यार्थी संघ ध.ब.क्या.तदर्थ समितिका अध्यक्ष तथा बागलुङ नगर पालिकका प्रमुख जनकराज पौडेलले अलुक्नाइ एसोसियसनको स्थापना र योजन तर्जुमा गरी कार्य सम्पादन गर्नका लागि नगर पालिकाको तर्फबाट रु १०००००० (अक्षरुपी दशलाख मात्र) रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्र गर्दै यस संस्थाको समग्र विकासमा सबैले आ आफ्नो स्थानबाट तन, मन र धनले सहयोग गर्न अह्वान गर्नु भएको थियो । उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै त्रि.वि सिनेटर तथा नेपाली विभागका विभागीय प्रमुख प्रा.डा.दिनबहादुर थापाले देशको शिक्षानीति, विश्वविद्यालयको पछिल्लो शैक्षिक रणनीति तथा क्याम्पसको स्वयत्तता र गुणस्तर सुनिश्चितता प्रत्यायन -Quality Assurance and Accredition, QAA) का सम्बन्धमा पूर्वविद्यार्थी संघको कर्तव्य र दायित्वबारे अवधारण पत्र प्रस्तुत गर्दै पूर्व विद्याथीहरुले क्याम्पसको समग्र विकासमा योगदन दिन सक्ने र सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसंग हातेमालो गरी आफूले शिक्षा प्राप्त गरेको शैक्षिक संस्थालाई सबल बनाउनु पर्ने दायित्वप्रति आफ्ना धारण राख्नु भएको थियो ।
उक्त कार्यक्रममा पूर्व स्ववियु सभापतिहरु गोविन्दबहादुर नेपाली, वसन्त कुमार श्रेष्ठ र हिराबहादुर खत्रीले क्याम्पसलाई धवलागिरि क्षेत्रकै शैक्षिक गन्तव्यका रुपमा विकास गर्न सबैले आ आफनो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । यस्तै संघका सदस्य तेजप्रसाद निउरे, शकुन्तला शर्मा, लक्ष्मी बास्कोटा, कृष्णराज शर्माले क्याम्पसले दीर्घकालीन नीतिहरु बनाइ सस्था समुदायको हित हुने गरी अगाडी बढन आह्वान गर्नु भएको थियो भने सागर कुंवरले आर्थिक सहुलियतका नाममा दीर्घकालीन योजना बनाउदा कही चुक्नु नहुने विषय राख्दै क्याम्पसको सबै काममा सकृय सहयोग गर्ने प्रतिवद्धता राख्नु भएको थियो । यस्तै क्याम्पसले दीर्घकालीन रणनैतिक योजना बनाएर अगाडी बढन आग्रह गर्दै सबैले सकारात्मक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गुर्न भएको थियो । पूर्व विद्यार्थी संघका सचिव चिरञ्जीवि गौतमले हालसम्म भएका कार्यको बारेमा जानकारी गराउँदै आगामी दिनमा सबैको घनीभूत सहभागिता र सहकार्र्यले यसलाई थप सबल बनाएर क्याम्पसमा देखिने गरी कार्य गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । अध्यक्ष पौडेलले संघको विधान निर्मण गरी १५ दिन भित्र दर्ता प्रकृयामा लाने, प्रत्येक महिनामा क्याम्पसका पूर्व विद्यार्थीहरु जो राष्ट्रका विशिष्ट स्थानमा रहनु भएको छ त्यस्ता व्यक्तिहरुलाई प्रमुख अतिथिका रुपमा आह्वान गरी कार्यक्रम आयोजन गर्ने र पूर्व विद्यार्थीहरुलाई कण्ट्याकमा ल्याउन विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी आगामि दिनमा ठुलो संख्यामा बैठन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेय र आइटी शिक्षक सुभाष के.सी.को प्राविधिक संयोजनमा सम्पन्न भएको थियो ।