04 Oct, 2021

क्याम्पस संचालन समितिको पहिलो बैठक सम्पन्न

क्याम्पस संचालन समितिको पहिलो बैठक सम्पन्न
१७, आश्विन,
धवलागिरि बहुमुखी क्याम्पसमा नवगठित संचालक समितिको पहिलो बैठक सम्पन्न भएको छ । उक्त बैठकमा समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनबहादुर थापाले अध्यक्षको आसनबाट नवगठित संचालक समितिले गर्नुपर्ने विषय र कार्यको बारेमा जानकारी सहित प्रतिबद्धता जनाउनुभएको थियो ।
थापाले “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा र यससँग सम्बद्ध भएर समितिका सबै पदाधिकारी सदस्यहरुले वहन गर्नुपर्ने प्राज्ञिक कार्यका बारेमा जानकारी गराएका थिए । उक्त बैठकमा विद्यार्थीको तर्फबाट स्ववियु सभापति मनबहादुर थापा मनिषले क्याम्पसको समग्र विकासका लागि क्याम्पस समुदाय र संघसंस्थाहरुको ऐक्यबद्धताको खाँचो रहेको बताउँदै अब क्याम्पसको सर्वाङ्गीण विकासमा लाग्नुपर्ने बताएका थिए । यसैगरी अभिभावकको तर्फबाट जयराम भारीले प्रतिबद्धता जनाएका थिए भने जनप्रतिनिधिको तर्फबाट बा.न.पा वडा नम्बर २ का अध्यक्ष जीवन आचार्य, शिक्षा विकास समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायले पनि संस्थाको विकासको लागि आआफनो स्थानबाट सहयोग र पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यसैगरी बुद्धिजीविहरुका तर्फबाट जगन्नाथ आचार्यले शैक्षिक संस्थाको शैक्षिक उन्नयनमा आफूले प्राप्त गरेको उन्नयनको अनुभवहरु आदानप्रदान गर्ने विचार व्यक्त गर्नुभएको छ । उक्त बैठक प्रा.डा.दिनबहादुर थापाको अध्यक्षता र सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयको सञ्चालमा सम्पन्न भएको थियो ।