09 Sep, 2022

रोजगार मेला सम्बन्धी अत्यन्त जरुरी सूचना ।

रोजगार मेला सम्बन्धी अत्यन्त जरुरी सूचना
यस क्याम्पसमा स्नातक तह वा स्नातकोत्तर तह उत्तीर्ण गरी कुनै रोजगार वा स्वरोजगारमा संलग्न हुन नसकेका विद्यार्थीहरुलाई रोजगारीका उपयुक्त क्षेत्र पहिचान गर्न सहजीकरण गर्ने तथा रोजगार दाता संघ संस्थाहरुबाट समेत आवश्यक पृष्ठ पोषण लिने उद्देश्यले निम्न मिति, समय र स्थानमा रोजगार मेलाको आयोजना हुन गैरेहेको र सो सम्बन्धी विभिन्न माध्यमबाट सूचना प्रशारण गरिएको छ । यदि अन्य माध्यमबाट सूचना प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी सो रोजगार मेलामा उपस्थित भैदिनुहुन सम्बन्धित विद्यार्थी एवं रोजगार दाताहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
मिति : २०७९ भाद्र २५ गते शनिवार
समय : बिहान ७: ३० बजे
स्थान : क्याम्पस सभाहल
प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख