Event Details

01/09/2018

7:00 am - 6:00 pm

वक्तृत्वकाला प्रतियोगिता आयोजान

वक्तृत्वकाला प्रतियोगिता आयोजान
२६ भाद्र
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा यस क्याम्पसको अतिरिक्त क्रियाकलापको वार्षिका योजना अनुरुप अंग्रेजी विभागको आयोजनामा अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत विभिन्न संकाय र संस्थानमा अध्ययरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै प्रा.डा. दिनबहादुर थापाले विश्वविद्यालयको शिक्षा सम्बन्धमा विभागबाट सान्दर्भिक विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरुलाई यस क्षेत्रको ज्ञानमा अग्रसर गराउनु भएकोमा अयोजकलाई विशेष धन्यवाद दिनु भएको थियो । उच्च शिक्षामा रहेका सम्भावना र चुनौतिका बारेमा यस विश्वविद्यालयका सबै परिवारले जान्नु पर्ने र चुनौतिलाई चिर्दै सम्भावनाका मार्गहरुलाई पहिचान गरी आग्रसर हुनु आजको आवश्यकता हो । विश्वविद्यालयको शिक्षा पद्धतिलाई समय अनुकुल बनाएकार गुणस्तर बनाउनु हामी सबैको दायित्व हो भन्नु भएको थियो । विशिष्ट अतिथिको आसनबाट बाल्दै क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले क्याम्पसका गुणस्तर सुनिश्चिताको यात्रमा विद्यार्थीका कक्षागत ज्ञानका साथै व्यक्तिका प्रतिभालाई प्रस्फुटन गर्नका लागि क्याम्पसबाट आयोजना गरिने कार्यक्रमहरुमा विद्यार्थीहरुको अधिकतम सहभागिता होस भन्ने अभिलाशा राखेर यस्त कार्यक्रमहरु गरिएकाले यस्ता कार्यक्रमहरुमा सदुपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रमा डा. डिल्लीराज गौतम, उप प्रा. दिपेन्द्र जैसी र शिक्षक श्यामप्रसाद शर्माले निर्णायकको रुपमा रहनु भएको थियो । यस प्रतियोगितामा प्रतीक्षा गौतम प्रथम, विमला रिजाल द्वितीय र सुस्मा ढकालले तृतीय स्थान प्राप्त गरेका थिए । उक्त कार्यक्रम अंग्रेजी विभागका विभागीय प्रमुख विजयराज पन्तको अध्यक्षता, विभागीय सदस्य नेत्रलाल न्यौपानेको स्वागत मन्तव्य र विभागीय सदस्य प्रदिप पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
The elocution contest was organised by the epartment of English. The participants were enthusiastic artici