23 Jan, 2022

अनलाइन कक्षा सञ्चालन सम्बन्धी सूचना ।

मिति: २०७८।१०।९
अनलाइन कक्षा सञ्चालन सम्बन्धी सूचना ।

त्रिभुवन विश्वविद्यालयको मिति २०७८ माघ ९ गतेको सूचना अनुरुप यस क्याम्पसका वार्षिक प्रणाली अन्तर्गतका सबै संकाय र संस्थान तर्फ (प्रथम, द्वितीय र तृतीय वर्ष) का कक्षाहरु यही मिति २०७८।१०।११ गतेबाट पूर्व प्रकाशित अनलाइन कक्षा समय तालिक अनुरुप सञ्चालन गरिने भएकाले सम्पर्ण प्राध्यापकज्यूहरुलाई कक्षा सञ्चालनका लागि सूचित गरिन्छ । साथै सम्पूर्ण कक्षा सञ्चालनको विद्यार्थीहाजिरी प्राध्यापक स्वयमले संकालन गरी क्याम्पसको आइडी info@dmc.tu.edu.np मा पठाउनु पर्ने छ । विद्यार्थीहरुले आफ्नो आइडी नबनेको भए वा कुनै प्राविधिक समस्या भएमा क्याम्पसको इमेल dmcbaglung@gmail.com मा पुरा विवरण खुल्ने गरी पठाएमा वा फोन सम्पर्कबाट समस्या समाधान गर्न सकिने छ । स्नातक तहका सबै अनलाइन कक्षाहरु बिहानी समयमा सञ्चालन हुने छन । साथै अनलाइन कक्षा नभएका प्राध्यापकहरुले क्याम्पसका उपस्थित भइ हाजिर गर्न समेत सूचित गरिन्छ । सेमेस्टर प्रणालीका कक्षाहरु यस पूर्व नै प्रारम्भ भएकाले सोही अनुरुप सञ्चालन हुनेछन् ।

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख