08 Jul, 2022

त्रि.वि दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षारोपण ।

त्रि.वि दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षारोपण ।
असार २४
त्रिभुवन विश्वविद्यालय स्थापना दिवको अवसरसमा धवलागिरि बहुमुखी क्याम्पस परिसरमा श्रीखण्ड लगायतका विभिन्न प्रजातिका विरुवाहरु लगाई वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । २०१६ साल आषाढ शुक्ल नवमीका दिन स्थापना भएको यस विश्वविद्यालयले आफ्ना ६३ वर्ष पुरा गरी ६४ वर्ष लागेको अवसरमा विश्वविद्यालयबाट विभिन्न कार्यक्रम आयोजन गरिएअनुरुप यस क्याम्पसमा पनि क्याम्पस प्रमुख प्रा.डा.रामप्रसाद उपाध्याय र त्रि.वि सभाका सदस्य तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको विशेष उपस्थितिमा क्याम्पस परिवारले क्याम्पस परिसरमा श्रीखण्ड, धुपी, अमला, बडहर, आँप, लिची र सुन्तला लगायतका विभिन्न प्रजातिका विरुवा र केही फूलका विरुवाहरु लगाएका हुन । यस अवसरमा विरुवाहरु उपलब्ध गराइ दिनु हुने जिल्ला वन कार्यालय र कृषि ज्ञान केन्द्रप्रति क्याम्पस प्रमुख र अध्यक्षले विशेष आभार प्रकट गर्नु भएको थियो । उक्त कार्यक्रमा क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । यस अवसरमा बोटानिकाल गार्डेनमा विद्यार्थीलाई प्रयोगात्मक कार्य गर्न सहज हुने खालका विरुवाहरु पनि लगाइएको थियो ।