16 Oct, 2020

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
आश्विन ३० गते धवलागिरि बहुमुखी क्याम्पसमा त्रि.वि प्राध्यापक संघ एकाइ समिति, बागलुङको आयोजनामा भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । नेपालीहरुका महान चाडपर्व विजया दशमी, शुभ दीपावली, महपूजा, छट लगायका चडहरुको पूर्व सन्ध्यामा त्रि.वि. प्राध्यापक संधले त्रि.वि. द्वारा प्रदान गरिएको एम एस टिमको माध्यमबाट उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा कोभिड १९ का कारण प्रकाशनको तयारी गरेर रोकिएको क्याम्पसको खोजमुलक पत्रिका प्रज्ञा सारथीको विमोचन प्रमुख अतिथि क्याम्पस प्रमुखले भर्चुअल रुपमा नै विमोचन गर्नु भएको थियो । सो पत्रिका विगत १९ वर्षदेखि प्रकाशन गरिदै आएको छ । उक्त कार्यक्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै क्याम्पस प्रमुख उपाध्यायले क्याम्पसमा पछिल्लो समयमा भएका कार्यहरुको बारेमा जानकारी गराउँदै आगामी दिनमा आउने सम्भावना र चुनौतिका बारेमा तयार रहन सबैलाई आग्रह गर्नु भएको थियो । कोभिड १९ को प्रभावले देशभरका शैक्षिक क्रियाकलापहरु मन्द गतिमा चलेको अवस्थमा पनि यस क्याम्पसले अनलाई कक्षाको माध्यमबाट सम्पूर्ण कक्षाहरु सुचारु राखेको र यसमा सम्पूर्ण प्राध्यापहरुको सक्रिय सहभागिता र सहयोग रहेकोमा सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो । क्याम्पसमा वर्तमान समयमा रहेका जनशक्तिगत समस्यालाई समाधान गर्न सकेमा संस्थालाई सुदृढ रुपमा सञ्चालन गर्न सकिने विचार व्यक्त गर्नु भएको थियो । यसै गरी क्याम्पस स्वयत्ततामा गएको र यसलाई व्यवस्थित गर्ने प्रमुख दायित्व हामीमा आएको र गुणस्तर सुनिश्चितता प्रत्याययनको माध्याबाट समय सुहाउनु शिक्षा प्रदान गरी अबको बजारको मागलाई सम्बोधन गर्ने गरी विषयहरु सञ्चालन गरिने विचार व्यक्त गुर्न भएको थियो । साथै क्याम्पसलाई माया गर्नुहने सम्पूर्ण शिक्षाप्रेमी, अभिभावक, प्राध्यापक, कर्मचरी, विद्यार्थी लगायत सबैमा आजको यस विषम परिस्थितिमा चाडपर्व मनाउदा सजकतासाथ मनाउदै सुस्वास्थ्य, दीधार्यु तथा उत्तरोत्तर प्रगतिको कामना प्रस्तुत गर्नु भएको थियो । यसै गरी त्रि.वि.सिनेटर तथा नेपाली विभागका विभागीय प्रमुख प्रा.डा. दिनबहादुर थापाले विश्वविद्यालयले लिएका पछिल्ला नीति र राज्यले अवलब्बन गर्न लागेका पछिल्ला कार्यको बारेमा प्रकाश पार्नु हुदै सबैमा शुभकामना व्यक्त गर्नु भएको थियो । विभागीय प्रमुखहरुको तर्फबाट राजनीतिशास्त्रका विभागीय प्रमुख सह प्रा. शिद्धराज जोशिले सबैलाई क्याम्पसको समग्र विकासमा लाग्न आह्वान गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । त्रि.वि. कर्मचारी संघका सभापति शिव पाध्याले क्याम्पसको सर्वाङ्गिण विकासमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । पूर्व सभागतिको तर्फबाट बोल्दै सह प्रा विष्णुप्रसाद पौडेलले भगवती दुर्गाले सबैमा सुस्वास्थ्य प्रदान गरुन भन्ने भाव व्यक्त गर्नु भएको थियो । कार्यक्रमका वक्ताहरुले सबैमा विजया दशमी, दीपावली, छट लगायतका चाडपर्वको शुभकामना व्यक्त गर्नु भएको थियो । वक्तहरुमा सहायक क्याम्पस प्रमुख द्वय ध्रुवराज गौतम र ओमप्रसाद शर्मा, प्रगतिशीत प्राध्यापक संघका अध्यक्ष प्रकाश शर्मा, आशिंक प्राध्यापकहरुको तर्फबाट सरस्वती शर्मा लगायते शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रम सहायक क्याम्पस प्रम्ुख हरिप्रसाद पाण्डेय र त्रि.वि. प्राध्यापस संघ एकाई समितिका कोषाध्याक्ष हिरालाल रेग्मीको प्राविधिक संयोजन, प्राध्यापक संघका सभापति विजयराज पन्तको अध्यक्षता, उप सभापति भक्तिराम न्यौपानेको स्वागत मन्तव्य र सह सचिव कुलप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।