09 Jan, 2021

स्नातक प्रथम वर्ष (BA,BBS,BEd)को आन्तरिक परीक्षाको सूचना

मिति ः २०७७।०९।२४
सूचना ! सूचना ! ! सूचना ! ! !

यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा सञ्चालित व्यवस्थापन, शिक्षाशास्त्र र मावनविकी तथा सामाजिकशास्त्र संकाय तर्फ प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक परीक्षा मिति २०७७।१०।११ गतेदेखि प्रकाशित समय तालिका अनुसार सञ्चालन गरिने भएकाले सम्पूर्ण विद्यार्थीहरुका लागि यो सूचना प्रकाशन गरिएको छ । परीक्षाको समय बिहान ७ ः ३० बजेदेखि रहनेछ । आन्तरिक परीक्षाको फारम भर्न छुट भएका विद्यार्थीहरुले मिति २०७७ माघ ८ र ९ गतेमात्र फारम भर्न सक्नेछन् ।
आन्तरिक परीक्षाको फारम भरेका विद्यार्थीलाई मात्र यस परीक्षामा सहभागी गराइनेछ ।
शैक्षिक सत्र २०७६ बाट प्रारम्भ भएको चर वर्षे बि.ए. तर्फको आन्तरिक परीक्षाको अङ्क परीक्षा फारममा नै जनाउनु पर्ने भएकाले यस परीक्षामा सहभागी नहुने विद्यार्थीले अन्तिमको परीक्षा फारम भर्न पाउने छैनन् ।

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख