10 Dec, 2021

आन्तरिक परीक्षाको फारम भर्ने सूचना ।

 

मिति : २०७८।०८।२४
सूचना ! सूचना ! ! सूचना ! ! !
यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा सञ्चालित व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ प्रथम र दोस्रो, तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विभिन्न समयमा आन्तरिक परीक्षा गरिने भएकाले उक्त तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई आन्तरिक परीक्षामा सहभागी हुनका लागि मिति २०७८।०९।०५ गतेभित्र परीक्षा आवेदन फारम भर्नका लागि सूचित गरिन्छ । परीक्षा आवेदन फारम लेखा शाखाबाट लिइ भरेर परीक्षा शाखामा बुझाउन पनि सूचित गरिन्छ । सबै संकाय र संस्थानका प्रथम वर्ष एवं मानविकी तथा सामजिकशास्त्र संकाय तेस्रो वर्षका विद्यार्थीहरुको आन्तरिक परीक्षा पौष ११ गतेबाट सञ्चालन गरिने छ ।
(मानविकी तथा सामाजिकशास्त्र संकाय तेस्रो वर्षका विद्यार्थीहरुले अन्तिम परीक्षाको फारम भरिसकेकाले ती विद्यार्थीहरुले फारम भर्नु पर्ने छैन)
पुनश्च : आन्तरिक परीक्षामा सहभागी नहुने सबै संकाय र संस्थानका विद्यार्थीलाई क्याम्पसबाट प्रदान गरिने सुविधा दिइने छैन ।

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख