05 Feb, 2022

उपस्थिति सम्बन्धमा ।

मिति : २०७८।१०।२१
विषय : उपस्थिति सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा यही मिति २०७८ माघ २३ गते श्रीपञ्चमी (सरस्वती पूजा) का दिन यस धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको ५९औें वार्षिकोत्सवको मूल समारोह आयोजना गरिएकाले उक्त कार्यक्रममा निम्न मिति, समय र स्थानमा क्याम्पस सञ्चालक समितिका सदस्य, सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत सरोकारवालाहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ ।
मूल समारोह स्वास्थ्यका मापदण्ड अपनाई गरिने व्यहोरा पनि अनुरोध गरिन्छ ।
तपशील :
मिति : २०७८ माघ २३ गते ।
समय : दिवा ११: ०० बजे ।
स्थान : क्याम्पस सभाहल ।