04 Mar, 2021

गरिब तथा जेहेन्दार छात्रवृत्ति २०७६ सम्बन्धी अत्यन्त जरुरी सूचना ।

मितिः २०७७।११।१९

गरिब तथा जेहेन्दार छात्रवृत्ति २०७६ सम्बन्धी अत्यन्त जरुरी सूचना ।

यस क्याम्पसमा २०७६ सालमा स्नातक तह तर्फ मानविकी प्रथम दोश्रो तेश्रो खण्ड, शिक्षाशास्त्र तर्फ प्रथम, दोश्रो, तेश्रो र चौथो खण्ड र व्यवस्थापन संकाय तर्फ प्रथम खण्डमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि गरिब तथा जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुलाइएकोले मिति २०७७।१२।१९ भित्र लेखाशाखाबाट फारम लिइ आवश्यक कागजात सम्लग्न गरी प्रशासन शाखामा दर्ता गर्न सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिलः
१. छात्रबवृति फारम रु ५०।– को रसिद लिएर लेखा शाखाबाट लिन सकिने छ र सो छात्रवृत्ति फारम प्रशासन शाखामा दर्ता गर्नुपर्नेछ ।
२ स्नातक तह प्रथम खण्डका लागि एस.एल.सी. को मार्कसिट र प्लस टु को ट्रान्सकृप्ट १÷१ प्रति ।
३ दोश्रो खण्डका विद्यार्थीहरुले प्रथम खण्डको मार्कसिटको फोटोकपि १ प्रति ।
४ तेश्रो खण्डका विद्यार्थीहरुले दोश्रो खण्डको मार्कसिटको फोटोकपि १ प्रति ।
५ चौथो खण्डका विद्यार्थीहरुले तेश्रो खण्डको मार्कसिटको फोटोकपि १ प्रति ।
६ आन्तरिक परीक्षामा सम्मिलित भएका र त्यसमा प्राप्त गरेको अंकलाई विषेश मुल्याँक्न आधार लिइनेछ ।
७ हालसालै खिचिएको फोटो १ प्रति टाँस गर्नुपर्ने छ ।
८ अन्तरवार्ताको लागि पुनः सूचना प्रकाशित गरिनेछ ।
९ आवश्यक कागजात नभएका फारम र विवरण नभरिएका फारमहरु स्वीकृत हुनेछैन ।
१० अन्य जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।

 

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख