13 Nov, 2022

पत्रिक (जर्नल) लोकार्पण तथा वृतचित्र प्रदर्शनी

पत्रिक (जर्नल) लोकार्पण तथा वृतचित्र प्रदर्शनी
कार्तिक २७
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा बि.बि.ए सातौं सेमेस्टरको आयोजनामा छैटौ सेमेस्टरकमा नेपाल र भारतका विभिन्न स्थानको ९ दिने भ्रमण अनुभव र प्राप्त ज्ञानलाई संगालिएको पत्रिका ढ म्ब्थ्क् वयगचभथ या भ्हउयिचबतष्यल पत्रिका लोकार्पण तथा नेपाल र भातरका विभिन्न स्थानमा गरिएका शैक्षिक भ्रमण वृतचित प्रदर्शन गरिएको हो । उक्त पत्रिका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा र विशिष्ट अतिथि क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले संयुक्त रुपमा लोकार्पण गर्नु भएका थियो । विद्यार्थीहरुको भ्रमणमा प्राप्त विभिन्न दृश्यहरुका वृतचित्र निर्माण गरी कार्यक्रममा प्रर्दशन गरिएको थियो । नेपाल र भारतको विशेषतः दिल्ली यात्रामा प्राप्त अनुभवलाई श्रव्य, दृश्य रुपमा कार्यक्रममा प्रर्दशन गरिएको थियो । यसको संयोजन बि.बि.ए सातौै सेमेस्टरका विद्यार्थी यमबहादुरा थापाले गर्नु हुने भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै प्रा.डा थापाले विद्यार्थीहरुको भ्रमण अनुभवको संगालोले देखाएका र सिकेका ज्ञान एवं व्यवहारिक कार्यलाई जीवनका लागु गर्न आग्रह गर्नु भएको थियो । प्राप्त ज्ञानलाई अनुसन्धानसंग जोडेर संकायगत उद्देश्य अनुरुप समस्याको खोजी गरी त्यसको समाधान खोज्न तर्फ लाग्न आग्रह गर्नु भएको थियो । वहाँले आफ्नो संस्कृति र सभ्यतालाई संरक्षण गर्दै व्यवसायिक रुपम अग्रसर हुन अनुरोध गर्नु भएको थियो ।
क्याम्पस प्रमुख उपाध्यायले यस्ता कार्यलाई निरन्तरा दिदै स्तरीय बनाउनदै जने कार्यलाई क्याम्पस प्रशासनले सदैव साथ दिने विचार व्यक्त गर्न भएको थियो । भ्रमण टोलीका अभिभावका रुपमा जानु भएको प्राध्यापकज्यूहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो । विद्यार्थीका कार्यबाट प्राप्त ज्ञानलाई विद्यार्थी वर्गमा बाढेर आगामी दिनमा गरिने भ्रमणलाई सहज बनाउन प्रेरण दायकहोस भन्ने विचरा राख्नु भएको थियो । विद्यार्थीहरुले साजममा दिन सक्ने सकारात्मक सन्देश मूलक कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नु भएको थियो ।
कर्यक्रममा शुभकामन दिनेहरुमा विद्यार्थी गुणस्तर समुहका संयोजक सुदिप सागर कंडेल, स्ववियु अध्यक्ष मनबहादुर थापा, कर्मचारी संघका सभापति शिवराज पन्त, पा्रध्यापक संघका सभापति भक्तिराम न्यौपानेले विद्यार्थीहरुको उत्तकृष्ट कार्यको प्रशंसा गर्नु भएको थियो । विद्यार्थीहरुको राम्रो कामको अनुसरण गरी क्याम्पस व्यवस्थापन, प्राध्यापक र कर्मचारीलाई पनि यस्ता कार्य गर्न सबैले आग्रह गर्नु भएको थियो । शुभकामना राख्दै सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले अध्ययन भ्रमणको निरन्तरता र जर्नल प्रकाशनको स्तरीयतालाई कायम राख्न पछिल्लो समूहलाई आग्रह गर्नु भएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम तथा साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए । पत्रिका प्रकाशनमा भाषिक तथा व्यवस्थापकीय कार्यमा सहजीकरण गरिदिनु हुने प्राध्यपकज्यूहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । विद्यार्थीहरुले गत वर्ष फागुन र चैत्रको पहिलो सप्ताहमा प्राध्यापकहरु बि.बि.ए संयोजक विप्पव शर्मा, जोहन बज्राचार्य र सुभाष के.सी.को संरक्षकत्वमा संयोजक सुनिल गौतमको संयोजनमा २८ जनेले भ्रमण गरेको थियो ।
भ्रमण टोलीका संयोजक तथा बि.बि.ए सातौ सेमेस्टरका विद्यार्थी सुनिल गौतमको अध्यक्षता प्रतीक्षा गौतमको स्वागत र पूजा कंडेल तथा सुनिल पौडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।