08 Feb, 2021

स्नातक (BA,BBS,BEd,BSc)प्रथम वर्षामा भर्ना सम्बन्धी सूचना ।

मितिः– २०७७।१०।२१

स्नातक प्रथम खण्ड २०७७ को भर्ना खुलाइएको जरुरी सूचना ।

यस धबलागिरि बहुमखी क्याम्पस, बागलुङमा स्नातक तह तर्फ मानविकी÷शिक्षाशास्त्र÷विज्ञान÷व्यवस्थापन संकाय प्रथम खण्ड २०७७ को भर्ना खुलाइएको हु“दा स्नातक तह अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले मिति २०७७।११।२१ सम्म भर्ना हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१ भर्ना हुने अन्तिम मिति २०७७।११।२१ गते सम्म ।
२ बिहान ७.०० बजेदेखि ९.०० बजेसम्म र दिवा ११.०० बजे देखि २.०० बजेसम्म लेखा शाखाबाट फारम लिन सकिनेछ र सोही समयमा भर्ना हुन सकिनेछ ।
३ प्रथम खण्डमा भर्ना हु“दा भर्ना आवेदन फारम र त्रि.वि. दर्ता फारमको लागि एस.एल.सी.÷प्रमाणपत्र तहको लव्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, र बोड सटिफिकेटको प्रतिलिपी २÷२ प्रति भर्ना आवेदन फारम साथ संलग्न गर्नुपर्नेछ । माईग्रेशन सटिफिकेट १ र १ प्रति सक्कल माइग्रेशन सर्टिफिकेटको फोटोकपि पेश गर्नुपर्नेछ ।
४ प्रथम खण्डमा भर्ना हुनका लागि हालसालै खिचिएको ३ प्रति पासपोर्ट साईजको फोटो भर्ना आवेदन फारममा र त्रि.वि.दर्ता फारममा २ प्रति टांस गर्नुपर्नेछ र परिचयपत्र बनाउनका लागि डिजिटल परिचयपत्रमा टांस गरेको अटो साईजको १ प्रति फोटो परीक्षा शाखामा बुझाउनुपर्नेछ ।
५ प्रथम खण्डमा भर्ना हुने विदेशी बोर्डबाट उतीर्ण विद्यार्थीहरुका लागि त्रि.वि.बाट समकक्ष प्रमाणित गरेको प्रमाणपत्र संलग्न गर्नुपर्नेछ र विदेशी बोर्डबाट उतीर्ण विद्यार्थीहरुले त्रि.वि.दर्ता कार्डको लागि सक्कल माईग्रेशन सटिफिकेट सहित थप ५००।– रुपैया“ शुल्क बुझाउनुपर्नेछ ।
६ प्रथम खण्डका लागि ग्रेडिङ प्रणालीबाट उतीर्ण भएका विद्यार्थीहरु भर्ना हु“दा मानविकी र व्यवस्थापन तर्फ वि.वि.एस.मा स्तरिकृत अंक (CGPA) न्यूनतम डि प्लस (D+) ल्याएको हुनुपर्नेछ । विज्ञान र शिक्षाशास्त्र संकायमा स्तरिकृत अंक (CGPA) न्यूनतम सि प्लस (C+) ल्याएको हुनुपर्नेछ । ग्रेडिङ प्रणाली भन्दा फरक (10+2) र प्रमाणपत्र तह उतीर्ण विद्यार्थीहरुको लागि पुरानै व्यवस्था अनुसार भर्ना लिइनेछ ।
७ आवश्यक कागजात पुरा नभएका विद्यार्थीहरुलाई भर्ना लिईनेछैन ।
८ प्रथम खण्डमा भर्ना हुनका लागि देहायका तहको खण्डमा देहायको एकमुष्ट शुल्क लाग्नेछ । (भर्ना आवेदन फारम शुल्क रु १००। लाग्नेछ)
स्नातक प्रथम बर्ष (बि.ए.) का लागि १३४६०।–
स्नातक प्रथम बर्ष (बि.एड.) का लागि १३९३०।–
स्नातक प्रथम बर्ष (बि.बि.एस.) का लागि १४५६५।–
स्नातक प्रथम बर्ष (बि.एस्सी.) का लागि ३९३२०।– (वि.एस्सी.मा प्रवेश परीक्षा उतीर्ण गरेपछि मात्र भर्ना लिइनेछ ।
पुनश्यः केन्द्र र आन्तरिक शुल्कमा थपघट भएको खण्डमा परीक्षा आवेदन फारम भर्ने समयमा शुल्क मिलान गरिनेछ ।
९ स्नातक तह प्रथम खण्डको पठनपाठन मिति २०७७।११।२५ गतेबाट सुचारु हुनेछ ।
१० क्याम्पसले तोकेको सेतो सर्ट, कालो पाईन्ट र सेतो कुर्था र कालो सुरवाल वा क्याम्पसले वितरण गरेको टिसर्ट लगाई क्याम्पस आउनु पर्नेछ । पोषाक नलगाई आएका विद्यार्थीहरुलाई कक्षा कोठामा बस्न दिइने छैन ।
११ विद्यार्थीहरु अनिवार्य रुपमा तोकिएको समयमा भर्ना हुनुुपर्नेछ । अन्यथा, भर्ना नभएका विद्यार्थीहरुलाई कक्षाकोठामा बस्न दिईने छैन ।
१२ परिचयपत्रको लागि भर्ना भएको रसिद लिई कालिगण्डकी कलर ल्याव, जिपपार्क चोकमा गएर डिजिटल परीचयपत्र बनाउनु पर्नेछ । परीचयपत्र बनाएको शुल्क कालिगण्डकी कलरल्यावमा बुझाउनुपर्ने छैन । तर अन्य आवश्यक फोटोको लागि लाग्ने शुल्क बुझाउनुपर्ने छ ।
१३ आन्तरिक परीक्षा शुल्क, बार्षिक परीक्षा शुल्क र प्रयोगात्मक शुल्कमा केन्द्रीय कार्यालयबाट थपघट भएको परीपत्र भएमा सो शीर्षकको शुल्क पछि परीक्षा आवेदन फारम भर्दा लिइनेछ ।
१४ अन्य जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहोला ।

 

प्रा.डा. रामप्रसाद उपाध्याय
क्याम्पस प्रमुख