Event Details

01/09/2018

7:00 am - 6:00 pm

सघन शैक्षिक कार्ययोजना (Overall Teaching Plan) सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न ।

सघन शैक्षिक कार्ययोजना (Overall Teaching Plan) सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न ।
६ चैत्र
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा नयाँ शैक्षिक सत्रमा क्याम्पसमा पठन–पाठन हुने समग्र विषयको वार्षिक कार्ययोजना र विषयगत कार्ययोजना बनाएर शैक्षिक कार्यक्रमलाई प्रभावकारी बनाउने सन्दर्भमा क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजन गरियो । विश्वविद्यालय अनुदान आयोगबाटQAA प्रमाणपत्र लिने प्रक्रियामा लागेको यस क्याम्पसलाई धवलागिरि क्षेत्रको अब्बल शैक्षिक संस्थाका रुपमा स्थापित गराउनका लागि क्याम्पसको पठनपाठनलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र शैक्षिक उपलब्धिलाई उच्च बनाउनेतर्फ प्राध्यापकहरुलाई आफ्नो कर्ययोजना बनाएर अगाडि बढनका लागि यस अभिमुखीकरण कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा राखिएको छ । आजको यस कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुुख तथा IQAC का संयोजक प्रा. डा. रामप्रसाद उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा नेपाली विभागका विभागीय प्रमुख एवम् त्रि. वि. सभासद प्रा. डा. दिनबहादुर थापा, अर्थशास्त्र विभागका प्रमुख सहप्रा. डा. सुदर्शन सिलवाल र शिक्षा विभागका प्रमुख कुलप्रसाद अधिकारीको समितिले तयार पारेको सघन शिक्षण योजनाको बारेमा समितिका संयोजक एवम् सदस्यले प्रकास पार्नुभएको थियो । यस कार्यक्रमको प्राविधिक सहयोग अनुसन्धान व्यवस्थापन एकाइ र संयोजन SATले गरेका थिए । कार्यक्रममा क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको सहभागिता रहेको थियो ।